About Us

Lumbini Service Society LSS Dallas was established on June 19 2021 in Secretary of state of Texas for not for Profit motive service for its community member, immigrant and other diversified Group in the area of education religious cultural and charitable program to improve better living and awareness among its member in DFW Texas, all 50 state of USA and Nepal.

Message from the President

लुम्बिनी सेवा समाज, अमेरिका (Lumbini Service Society – USA) को आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत छ। विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीसँग ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध बोकेका हामी सबै नेपालीहरूलाई “सेवा र एकता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराले एकता बद्ध गर्ने सामूहिक अभियानको रूपमा लुम्बिनी सेवा समाज स्थापना गरिएको हो। यो संस्था पूर्ण रूपमा गैर–राजनीतिक, गैर–नाफा मूलक र सामाजिक संस्था हो, जसको मुख्य लक्ष्य नेपाली भाषा, साहित्य, कला, संस्कृति र संस्कारको संरक्षण, संवर्धन र पुस्तान्तरण गर्नु हो।  अमेरिकामा बसोबास गरिरहेका लुम्बिनीसँग ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध बोकेका व्यक्ति तथा परिवारहरू बीच आपसी सद्भाव, सहकार्य र सहयोगको भावना विकास गर्दै समुदायभित्र देखिने सामाजिक, सांस्कृतिक र मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्नु हाम्रो प्रमुख दायित्व हो। साथै, मातृ भूमि नेपाल, विशेषतः लुम्बिनी क्षेत्रमा सञ्चालित सेवा-मूलक तथा कल्याणकारी कार्यहरूमा सहयोग पुर्याउनु पनि हाम्रो संस्थागत प्रतिबद्धता हो। हाम्रो विधानले संस्थालाई पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक रूपमा सञ्चालन गर्ने स्पष्ट मार्गदर्शन दिएको छ।

 साधारण सभा, कार्यसमिति, संरक्षक, उप–समिति तथा सल्लाहकार संरचनामार्फत हामी सबै सदस्यहरूको सहभागिता, सुझाव र नेतृत्वलाई सम्मान गर्दै अघि बढिरहेका छौं। महिला, युवा, संस्कृति र खेलकुद जस्ता क्षेत्रहरूमा विशेष ध्यान दिँदै समुदायको समग्र विकासमा योगदान पुर्याउने हाम्रो निरन्तर प्रयास रहनेछ।  लुम्बिनी सेवा समाज यहाँहरूको साझा संस्था हो। यसको सफलता, प्रभाव र दिगोपनमा सबै सदस्य, शुभेच्छुक, स्वयंसेवक र सहयोगहरूकै सक्रिय सहभागितामा निर्भर गर्दछ। म सम्पूर्ण सदस्यज्यूहरूलाई संस्थाका गतिविधिहरूमा सक्रिय रूपमा जोडिन, नयाँ विचारहरू प्रस्तुत गर्न र सेवा तथा एकताको यात्रामा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु। अन्त्यमा, संस्थाको स्थापना देखि आजसम्म योगदान पुर्‍याउनु हुने संस्थापक अध्यक्ष तथा संरक्षक ज्यु , कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, दाता तथा स्वयंसेवकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईहरूको साथ, सहयोग र विश्वासले लुम्बिनी सेवा समाजलाई अझ सशक्त, प्रभावकारी र उदाहरणीय संस्थाको रूपमा अघि बढाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

Events

साहित्य विशेष कार्यक्रम

read more
भगवान सिद्धार्थ गौतम बुद्ध को जन्मोत्सव

भगवान सिद्धार्थ गौतम बुद्ध को जन्मोत्सव

नमस्कार आदरणीय आमा बुवा दिदी बहिनी दाजु भाई । डालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको एक मात्र साँस्कृतिक तथा धार्मिक आस्था को केन्द्र युलेस स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र तथा बुद्धिष्ट एसोसिएशन टेक्सास को संयुक्त आयोजनामा गरिएको भगवान सिद्धार्थ गौतम...

read more
2081 NEW YEAR CELEBRATION

2081 NEW YEAR CELEBRATION

Join us in celebrating the arrival of Nepali New Year 2081 with joyous festivities and heartfelt well wishes! Let's sing songs that resonate with the rhythm of our culture, dance with the exuberance of our traditions, and play games that ignite the spirit of...

read more
Mega Holi

Mega Holi

Date: 23rd March, 2024Venue: 1212 Royal PKWY, EULESS, TX 76040, USTime: 12 PM Onwards

read more

Facebook Feed