
भगवान सिद्धार्थ गौतम बुद्ध को जन्मोत्सव
नमस्कार आदरणीय आमा बुवा दिदी बहिनी दाजु भाई । डालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको एक मात्र साँस्कृतिक तथा धार्मिक आस्था को केन्द्र युलेस स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र तथा
Lumbini Service Society LSS Dallas was established on June 19 2021 in Secretary of state of Texas for not for Profit motive service for its community member, immigrant and other diversified Group in the area of education religious cultural and charitable program to improve better living and awareness among its member in DFW Texas, all 50 state of USA and Nepal
लुम्बिनी सेवा समाज, अमेरिका (Lumbini Service Society – USA) को आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।
विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीसँग ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध बोकेका नेपालीहरूलाई “सेवा र एकता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारामार्फत एकताबद्ध गर्ने उद्देश्यले लुम्बिनी सेवा समाजको स्थापना गरिएको हो। यो संस्था पूर्ण रूपमा गैर-राजनीतिक, गैर-नाफामूलक तथा सामाजिक संस्था हो, जसको प्रमुख लक्ष्य नेपाली भाषा, साहित्य, कला, संस्कृति र संस्कारको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्नु हो।
अमेरिकामा बसोबास गरिरहेका लुम्बिनीसँग सम्बन्धित व्यक्ति तथा परिवारहरूबीच आपसी सद्भाव, सहकार्य र सहयोगको भावना अभिवृद्धि गर्दै समुदायभित्र देखिएका सामाजिक, सांस्कृतिक तथा मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्नु हाम्रो प्रमुख दायित्व हो। साथै, मातृभूमि नेपाल, विशेषगरी लुम्बिनी क्षेत्रमा सञ्चालन भइरहेका सेवामूलक तथा कल्याणकारी कार्यहरूमा सहयोग पुर्याउनु पनि हाम्रो संस्थागत प्रतिबद्धता रहेको छ।
हाम्रो विधानले संस्थालाई पारदर्शी, उत्तरदायी तथा लोकतान्त्रिक ढंगले सञ्चालन गर्न स्पष्ट मार्गनिर्देशन प्रदान गरेको छ। साधारण सभा, कार्यसमिति, संरक्षक, उपसमिति तथा सल्लाहकार संरचनामार्फत हामी सदस्यहरूको सहभागिता, सुझाव तथा नेतृत्वलाई सम्मान गर्दै संस्थालाई निरन्तर अघि बढाइरहेका छौं।
महिला, युवा, संस्कृति तथा खेलकुदजस्ता क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्दै समुदायको समग्र विकासमा योगदान पुर्याउने हाम्रो प्रयास निरन्तर रहनेछ। लुम्बिनी सेवा समाज यहाँहरू सबैको साझा संस्था हो, जसको सफलता, प्रभावकारिता र दिगोपन सम्पूर्ण सदस्य, शुभेच्छुक, स्वयंसेवक तथा सहयोगीहरूको सक्रिय सहभागितामा निर्भर गर्दछ।
म सम्पूर्ण सदस्यज्यूहरूलाई संस्थाका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन, नयाँ विचार तथा सुझावहरू प्रस्तुत गर्न, र सेवा तथा एकताको यात्रामा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु।
अन्त्यमा, संस्थाको स्थापना कालदेखि आजसम्म अमूल्य योगदान पुर्याउनु हुने संस्थापक अध्यक्ष तथा संरक्षकज्यूहरू, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, दाताहरू र स्वयंसेवकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूको साथ, सहयोग र विश्वासले लुम्बिनी सेवा समाजलाई अझ सशक्त, प्रभावकारी तथा उदाहरणीय संस्थाको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु।
धन्यवाद।

नमस्कार आदरणीय आमा बुवा दिदी बहिनी दाजु भाई । डालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको एक मात्र साँस्कृतिक तथा धार्मिक आस्था को केन्द्र युलेस स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र तथा

Join us in celebrating the arrival of Nepali New Year 2081 with joyous festivities and heartfelt well wishes! Let’s sing songs that resonate with the rhythm of our culture, dance

Date: 23rd March, 2024Venue: 1212 Royal PKWY, EULESS, TX 76040, USTime: 12 PM Onwards
Lumbini Service Society LSS Dallas was established on June 19 2021 in Secretary of state of Texas for not for Profit motive service for its community member, immigrant and other diversified Group50 state of USA and Nepal.
© 2026 Lumbini Service Society . All Rights Reserved.